विधार्थी भिषामा अस्ट्रेलिया पढ्न जान चाहने विधार्थीले बुज्नै पर्ने चार कुरा हरु ?
  • 2023-04-17
  • Admin

विधार्थी भिषामा अस्ट्रेलिया पढ्न जान चाहने विधार्थीले बुज्नै पर्ने चार कुरा हरु ?

विधार्थी भिषामा अस्ट्रेलिया पढ्न जान चाहने विधार्थीले बुज्नै पर्ने चार कुरा हरु :
१. आफ्नो रुची भएको बिषय र आफ्नो आर्थिक हैसियत सुहाउदो थेग्न सक्ने कलेज अथवा युनिभर्सिटी छनोट गर्नुहोस ।
January 2018 पछी बाट अस्ट्रेलिया आएर मुख्य कोर्षको ६ महिना पनि नपढी शैक्षिक संस्था परिवर्तन गर्ने कुरा व्यबहारिक रुपमा प्राय:असंभब जस्तै भएको छ । त्यसैले पनि कलेज परिवर्तन गरौला भन्ने मानसिकतामा शैक्षिक संस्था नरोज्नुहोस ।
२. कमसेकम पनि लेभल २ को शैक्षिक संस्था छनोट गर्नुहोस ।
नेपाल हाल लेभल २ मा छ त्यसैले यदी तपाईंले अस्ट्रेलियामा पढ्न आउने संस्था पनि लेभल २ मै छ भने भिषा आवेदनको लागि चाहिने कागजात हरु तुलनात्मक रुपमा कम चाहिने हुन्छ ।
३. आफैले रिसर्च गरेर युनिक SOP तयार गर्नुहोस ।
आफुले पढ्ने संस्था ,आफ्नो र पढी सके पछी त्यस्ले आफ्नो भबिष्यमा कसरी सकरात्मक योगदान पुर्यौउछ भन्ने कुरालाई विशेष ध्यान दिनुहोस । [SOP तयार गर्दा ध्यान दिनु पर्ने कुराहरु हाम्रो अघिल्लो पोस्टमा बिस्तृतमा हेर्नु होला] 
४. दक्ष,अनुभवी र इमान्दार परामर्शदाता छनौट गर्नुहोस ।
आउनुहोस बसेर सल्लाह गरौं ।